गुल्मीका आगलागी पीडितलाई सन नेपाल लाइफद्वारा राहत वितरण
११ बैशाख २०८१, मंगलवार १५:५४

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आगलागी पीडितहरुलाई राहत वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गुल्मी जिल्लाका आगलागी पीडितलाई करिव ६६ थान लगाउने कपडा वितरण गरेको हो ।
गुल्मी जिल्लाको इस्मा गाउँपालिका वार्ड नम्बर २ अन्तर्गत सिदुङ्खा लगायत विभिन्न ठाउँमा भएको भिषण आगलागीका कारण करिव १७ घर गोठ जलेर पूर्ण रुपमा क्षति भएका परिवारलाई कम्पनीले राहत वितरण गरेको छ ।

कम्पनीका मार्केटिङ म्यानेजर सन्तोष बस्नेतले उक्त राहत सामाग्रीका लागि तत्काल पहल गरिदिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, बुटवल कलस्टर प्रमुख सन्तोष कुवर क्षेत्री तथा गुल्मी शाखा प्रमुख नवीन अर्याल लगायत राहत वितरण काममा सहजीकरण गर्ने कम्पनीका पदाधिकारी, अभिकर्ता तथा सम्वद्ध सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।













