हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत

काठमाडौं । राष्ट्र बैंकले हायरपर्चेजको जोखिमभार घटाएसँगै बैंकहरूको पुँजीकोषमा राहत पुग्ने देखिएको छ।बैंकहरूले करिब १ खर्ब ३२ अर्ब रुपैयाँ हायरपर्चेज क्षेत्रमा कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक मौद्रिक समीक्षामार्फत हायरपर्चेजको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिएकाले बैंकहरूको प्राथमिक पुँजीमा उक्त रकमको राहत पुग्ने देखिएको हो।
यद्यपी राष्ट्र बैंकले २५ लाखभन्दा माथिको अटोलोन वा हायरपर्चेज कर्जामा मात्रै जोखिमभार घट्ने बताएको छ। राष्ट्र बैंकको यस व्यवस्थाले बैंकहरूको पुँजीकोषमा ०.०१ प्रतिशतले दबाब कम हुने बैंकर्स बताउँछन्।
राष्ट्र बैंकको यस व्यवस्थाले सवारी साधानको आयात तथा बिक्री वितरण बढ्ने अनुमान गरिएको छ। जोखिमभार घटेसँगै बैंक वित्तीय क्षेत्रले यस क्षेत्रमा कर्जा लगानी बढाउनेछन् भने ईएमआई पनि कम हुनेछ।













