सुनचाँदीको भाउमा भारी गिरावट, आज प्रतितोला कति?
२ मंसिर २०८३, बुधबार १०:५५

काठमाडौं । आज मंसिर २ गते नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ११० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी यसदिन चाँदी प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन भने चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा किनबेच भएको थियो।











