लाभांश वितरण कानुनसम्मत भएको अपि पावरको दाबी

११ आश्विन २०८१, शुक्रबार १२:०९

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई ९ प्रतिशत वोनश शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णयलाई कानुनसम्मत रहेको दाबी गरेको छ। कम्पनीको संचालक समितिको असोज १० गते बैठकले उक्त निर्णयको स्वीकृति प्रदान गरिएको हो।

कम्पनीले स्पष्टिकरणमा उल्लेख गरेको छ, ‘आव २०८०।८१ को लेखापरिक्षण सम्पन्न गरी खुद मुनाफा र शेयर प्रिमियमको आधारमा यो लाभांश वितरण गरिएको हो। तथापि, श्री विद्युत नियमन आयोगले यस मुनाफा वितरणलाई कम्पनी ऐन, २०६३ को दफा ५६ को उपदफा (१०) अनुसार बर्जित गरिएको भन्दै अस्वीकृति दिएको थियो।’

अपि पावर कम्पनी लिमिटेडले यस निर्णयलाई अस्वीकृत गर्नु नियम र प्रचलित कानूनको विपरीत भएको दाबी गर्दै, नेपाल लेखा प्रतिवेदन मान अनुसार वित्तीय विवरण तयार गरिएको र लेखा परिक्षण गरिएको उल्लेख गरेको छ। कम्पनीले नाफा नोक्सानको हिसाबमा बजार मूल्य अनुसार लगानीलाई अभिव्यक्त गरिसकेको छ, जसले मुनाफालाई पुनर्मूल्याङ्कन नगरी वितरण गर्न सक्षम बनाएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*