नेपाल बीमा प्राधिकरणले ५७औं स्थापना दिवसको अवसरमा प्रभातफेरी सम्पन्न (तस्विरहरु)

राजन कठायत
३१ बैशाख २०८२, बुधबार १०:५५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ५७औं स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रभातफेरी सम्पन्न भएको छ । प्रभातफेरी कार्यक्रम आज बिहान ७ बजेदेखि काठमाडौंको भद्रकाली मन्दिरबाट सुरुवात भएर धरहरा, रत्नपार्क हुदै भृकुटीमण्डपमा समापन भएको हो ।

प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कर्मचारी, बीमक, सर्भेयर तथा अभिकर्ता लगायतको बाक्लो उपस्थिती रहेको थियो । उक्त प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सव समारोहमा आयोजित विभिन्न खेलकुदमा बिजेता भएका बीमक तथा प्राधिकरणका खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

प्रभातफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक तथा कर्मचारीहरू, नेपाल बीमक संघ, नेपाल जीवन बीमक संघ, नेपाल लघुबीमक संघ, नेपाल बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ र नेपाल इन्स्योरेन्स ब्रोकर संघका अध्यक्ष तथा पदाधिकारीहरू र बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

तस्विरहरु:

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*