बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज बहस हुँदै
५ जेष्ठ २०८२, सोमबार ११:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा बहस हुँदैछ।
योग्यताको झुठा विवरण पेश गरी नियुक्त गरिएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बदर गरी पाउ भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेशी आज बहस हुँदैछ । चैत ३१ गतेको पेशी हेर्ने नमिल्ने भएपछि अर्को मिति तोकिएको हो ।
ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । चैत २० गते प्रारम्भि सुनुवाई भएको थियो । पहिलो सुनुवाईमा लिखित जवाफ पेश गर्न भनिएको थियो । अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको थियो । आजको पेशीमा पूर्ण छलफल पनि हुन सक्नेछ ।













