प्रतिकित्ता ३९० रूपैयाँमा छिमेक लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले दुईजना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ३३ हजार ९७१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९० रूपैयाँ तोकिएको छ।
सो शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि निवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।












