राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रूपैयाँ तरलता तान्ने
११ जेष्ठ २०८२, आईतवार ११:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निक्षेप संकलन उपकरणमार्फत् ३० अर्ब रूपैयाँ तान्ने भएको छ।
यसमा इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत् आवेदन दिन सक्नेछन्। बैंकले २१ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागको हो भने साँवा र ब्याज भुक्तानी असार १ गते निर्धारण हुनेछ।
बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासिन रकम बराबरको माग गर्न सक्नेछन्।
76.-DC_NOtice-2082.02.11











