राधी र युनिभर्सल पावर लगानीकर्ताको रोजाइमा, अन्य कुनको भयो बढी कारोबार

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा करीब ७ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको छ। जसमध्ये राधी विद्युत कम्पनीको सर्वाधिक साढे ७१ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
त्यस्तै दोस्रोमा युनिभर्सल पावरको ३० करोड ३१ लाख, तेस्रोमा ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँ र चौथोमा युनाइटेड मोदी हाइड्रोपावरको २८ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
त्यस्तै हिमालयन पावर पार्टनरको २१ करोड २३ लाख रुपैयाँ, सोल्टी होटलको १७ करोड ९५ लाख रुपैयाँ, कुमारी बैंक लिमिटेडको १७ करोड ८८ लाख रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चरको १७ करोड २१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यस्तै रिभर फल्स पावरको १६ करोड ५३ लाख रुपैयाँ र हिमालयन रिको १४ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भएको छ।













