प्रतिकित्ता २८० रूपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा
१४ जेष्ठ २०८२, बुधबार ०९:४७

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम २८० रूपैयाँ तोकिएको छ।
सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।














