सिटिजन्स बैंकका ग्राहकलाई हिल्टन होटलमा छुट
१४ जेष्ठ २०८२, बुधबार ११:५२

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले नक्सालस्थित हिल्टन काठमाडौं होटलमा छुट पाउने भएका छन्।
बैंक र उक्त होटल बीच भएको सम्झौताअनुसार होटलले सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई आफ्नो सेवा तथा सुविधामा १० प्रतिशत छुट दिनेछ।
बैंकले यस्तो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने जानकारी दिएको छ।
साथै बैंकले डिजिटल बैंकिङ्ग भुक्तानीलाई बढाउन समय समयमा यस्तै ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको र आगामी दिनहरूमा पनि ल्याउने बताएको छ।













