बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीलाई सरकारको झट्का
१५ जेष्ठ २०८२, बिहीबार १७:१९

काठमाडौं । सहरमा मात्रै केन्द्रित हुने बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि सरकारले खाका तयार गर्ने भएको छ। बीमा प्राधिकरणको निर्देशन नमान्ने बीमा कम्पनीहरुलाई सरकारले नै निर्देशित गरेर लैजाने भएको छ।
बीमा प्राधिकरणले जिल्ला विभाजन गरेपनि जान हिच्किचाई रहेको बीमा कम्पनीहरुलाई ग्रामिण क्षेत्रमा पहुँच विस्तार गर्नका लागि योजना सरकारले बनाउने भएको छ।
अर्थमन्त्री बिष्णु प्रसाद पौडेलल आज बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैे यस्तो जानकारी दिएका हुन्।













