बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिविरुद्धको रिटमा सर्वोच्चद्वारा अग्राधिकार दिन आदेश

२१ जेष्ठ २०८२, बुधबार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विरुद्ध परेको रिटमा अग्राधिकार प्रदान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वाेच्च अदालतका न्यायाधीशद्वय माेहम्मद  मुसलमान र बालकृष्ण ढकाललको संयुक्त इजलासले ओझाको नियुक्ति विरुद्ध परेको रिटको सन्दर्भमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा भएको छलफलपछि यस्तो आदेश जारी गरेको हो । आदेश अनुसार, अब सर्वोच्च प्रशासनले सो निवेदनलाई अग्राधिकार प्रदान गरी सुनुवाइका लागि पेशीमा चढाउनु पर्ने छ ।

आदेशमा भनिएको छ – प्रस्तुत निवेदनमा चाँडो निर्णय गर्नुपर्ने अवस्था समेत देखिँदा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिम अग्राधिकार प्रदान गरी नियमानुसार पेस गर्नु ।

यस अघि नेपाल सरकार मन्त्रिपरिषद्को वैठकले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध अधिवक्ता इन्दीरा धमलाले नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।

ओझाले नियुक्ति विरूद्दमा अभिवक्ता इन्दिरा धमलाले रिट दायर गरेकी थिईन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*