प्राधिकरणद्धारा बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न, कृषि र कोरोना बीमामा बीमितको गुनासो

२२ जेष्ठ २०८२, बिहीबार १६:१२

काठमाडौं । नेपाल बीमा प्राधिकरण सुदुपश्चिम प्रदेश कार्यालयको आयोजनामा आज जयपुथ्वी नगरपालिकाको बझाङको चैनपुरमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जयपुथ्वी नगरपालिकाका नगर प्रमुख, चेतराज बजाल र अतिथीमा प्रमुख प्रशासकिय अधिकृत सिद्धिराज पण्डितको प्रमुख अतिथियतामा कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रमको सभापतित्व बीमा प्राधिकरणका सुदुरपश्चिम प्रदेशका प्रमुख केदार नाथ भट्टले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी जयपुथ्वी नगरपालिकाका नगर प्रमुख, अतिथीमा चेतराज बजालले बीमा जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक भएकाले गाउँपालिकाले आगामी नीति तथा कार्यक्रममा बीमालाई समावेश गरी अगाडि बढ्ने जानकारी दिए । साथै उनले आगामी बीमा प्रााधिकरणसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा अतिथी एवं प्रमुख प्रशासकिय अधिकृत सिद्धिराज पण्डितले आगामी बर्षको निति तथा कार्यक्रममा कृषि बीमालाई समावेश गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, सुदरपश्चिम प्रदेश कार्यालयका प्रमुख केदार नाथ भट्टले बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको पहुँच विस्तारमा स्थानीय तहको भूमिका लगायतका विषयमा प्रस्तुती दिएका थिए । साथै, उनले बीमा सम्बन्धी नीति तर्जूमामा प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले बाली बीमा गर्न नमानेको, स्वास्थ्य बीमाको समस्याको कारण सम्रग बीमा क्षेत्रमा नै समस्या पैदा भएको ,कोरोना बीमा र कृषि बीमामा भएका समस्याहरु राखेका थिए ।

कार्यक्रममा सहभागीहरुले बिशेषत कृषि बीमामा उक्त क्षेत्र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी तोकिएपनि कम्पनीले कृषकलाई सहज ढङगबाट सहकार्य नगरिदिँदा समस्या भएको कृषकहरुले गुनासो गरेका थिए ।

कार्यक्रममा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, सदस्य र कर्मचारी, विभिन्न बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख/प्रतिनिधि, अगुवा कृषक, सहकारी संस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*