नाडेप लघुवित्तको १०औं वार्षिक साधारणसभा सम्पन्न

२५ जेष्ठ २०८२, आईतवार १३:५८

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी–४, धादिङमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणहरूमा छलफल गरी पारित गरिनेछ। साथै, शेयर संरचना परिवर्तन सम्बन्धमा प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण निर्णयको अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सभा प्रयोजनका लागि जेठ १२ गते संस्थाले बुक क्लोज गरेको थियो । तसर्थ, जेठ ११ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा सहभागी भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*