सिटिजन्स बैंकद्वारा मधेश प्रदेशमा वृक्षारोपण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सोमबार मधेश प्रदेशको धनुषामा वृक्षारोपण गरेको छ।
बैंकले ‘बिट द प्लाष्टिक’ भन्ने मुल नाराका साथ बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण गरेको जनाएको छ।
विश्व वातावरण दिवसको अवसर पारेर करीब १०० भन्दा बढी प्रजातिका बोटविरुवा रोपेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ।
बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सन्चालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा सहयोगहरू गरिसकेको छ।
साथै बैंकले आगामी दिनहरूमा पनि यस्तै प्रकारका सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।
यस बैंकले ६१ जिल्लामा फैलिएका आफ्ना २०० शाखा कार्यालय, १६८ एटीएम मेशिन, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट १९ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ्ग सुविधा दिंदै आइरहेको छ।












