केन्द्रिय बैंकद्वारा मौद्रिक नीतिको लागि राय सुझाव माग
२६ जेष्ठ २०८२, सोमबार १७:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका लागि राय –सुझाव माग गरेको छ । केन्द्रिय बैंकको आर्थिक अनुसन्धान विभागले एक सार्वजनिक सूचना जारी गर्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि राय सुझाव भए पठाउन अनुरोध गरेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक ऐन २०५८ मा भएको व्यवस्था बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति ल्याउने प्रावधान छ । यस वर्षको मौद्रिक नीतीमा समावेश गर्नुपर्ने तथा संसोधन गर्नुपर्ने लगायतका आर्थिक उन्नतिका राय सुझाव भए केन्द्रिय बैंंकको इमेल मार्फत पठाउन अनुरोध गरेको छ ।













