इन्फिनिटी लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । नवलपरासी (पूर्व) को कालिगण्डकी चोकमा केन्द्रीय कार्यालय रहेको इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ।
हाल ५१ वटा जिल्लामा ९६ वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको यस कम्पनीले व्यवस्थापकीय श्रेणी अन्तर्गत डीसीईओ माग गरेको हो।
यसका लागि कुनै पनि विषयबाट स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ५ वर्ष काम गरेको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थाको व्यवस्थापकीय स्तरमा कम्तीमा ७ वर्ष काम गरेको हुनु पर्नेछ।
उमेरको हदमा ३० वर्ष पूरा गरी ५५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।
परीक्षामा व्यवसायिक प्रस्तुतीकरण र मौखिक अन्तर्वाता लिइने कम्पनीले जनाएको छ। योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अबको १५ दिनभित्र आवेदन दिनु पर्नेछ।














