बैंकिङ्ग क्षेत्र सुधार सुझाव कार्यदल गठन, संयोजकमा डा. रेवतबहादुर कार्की

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको सुधारका लागि पहिलोपटक बाहिरका विज्ञको संयोजकत्वमा ३ सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । पूर्वनिर्देशकसमेत रहेका धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्व उपसमिति गठन गरिएको हो ।
कार्यदलमा सानिमा बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष भुवन दाहाल सदस्य र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेल कार्यदलका सदस्य सचिव तोकिएका छन्।
राष्ट्र बैंकको सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गभर्नर डा. विश्व पौडेलको प्रस्तावमा उपसमिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई ३० दिनभित्र सुझाव पेस गर्न समयसीमा तोकिएको छ।













