प्रभु बैंक र छिमेक लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

३ असार २०८२, मंगलवार ०८:३६

काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेका छन्।

प्रभु बैंकले ९ हजार ८८२ कित्ता र छिमेक लघुवित्तले २ लाख ४४ हजार ३८० कित्ता संस्थापक शेयर बिक्रीमा राखेका हुन्। बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ भने लघुवित्तले ३९० रुपैयाँ तोकेको छ।

बैंकको शेयर खरीदका लागि आवेदन दिंदा घटीमा १ हजार कित्ता र लघुवित्तको शेयर खरीदका लागि आवेदन दिंदा घटीमा ५० हजार कित्ताका लागि दिनु पर्नेछ। बढीमा भने सम्पूर्ण कित्ता खरीद गर्न सकिने व्यवस्था रहेको छ।

यसको मतलब बैंकको शेयर खरीद गर्न न्यूनतम १ लाख रुपैयाँ र छिमेक लघुवित्तको शेयर खरीद गर्न न्यूनतम १ करोड ९५ लाख रुपैयाँ लाग्नेछ। यसमा आजदेखि आवेदन दिन सकिनेछ भने आवेदन दिने अन्तिम मिति यही असार १० गते रहेको छ।

शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयबाट बोलपत्र आवेदन फाराम प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*