त्रिभुवन विमानस्थलमा भारतीय महिला १ किलोभन्दा बढी सुनसहित पक्राउ

४ असार २०८२, बुधबार १३:५१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन तस्करी प्रयास भएको छ। दुबईबाट काठमाडौं आएकी एक भारतीय महिला १ किलोभन्दा बढी सुनसहित पक्राउ परेकी छन्।

बुधबार बिहान दुबईबाट एयर अरेबिया विमानमार्फत काठमाडौं आएकी भारतीय नागरिक खेमनीमीना सुर्जित सिंहलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो। उनीसँग ११ सय ६० ग्राम सुन बरामद गरिएको छ।

प्रहरीका अनुसार नियमित जाँचका क्रममा शंका लागेपछि थप जाँच गर्दा सुन फेला परेको हो। खेमनीमीनाले सुनलाई लिक्विड (तरल) अवस्थामा बनाएर ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*