महिला लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

४ असार २०८२, बुधबार १४:०५

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट मेनेजर र सिनियर अफिसर गरी १/१ जना कर्मचारी माग गरेको हो।

असिस्टेन्ट मेनेजरका लागि सीए उत्तीर्ण गरेको, सम्बन्धित क्षेत्रमा कम्तीमा २ वर्ष काम गरेको हुनु पर्नेछ।

सिनियर अफिसरका लागि म्यानेजमेन्टबाट ब्याचलर गरेको र मानव स्रोत शाखामा ३ वर्षको अनुभव भएको हुनु पर्नेछ। मास्टर डिग्री गरेकाको हकमा भने २ वर्षको अनुभव भएपनि मान्य हुने कम्पनीले जनाएको छ।

उमेरको हदमा २१ वर्ष पूरा भई ४० वर्ष (महिलाको हकमा ४५ वर्ष) ननाघेको हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*