सुलोचना, कृष्ण र अजयले छाडे विजय लघुवित्तको शेयर स्वामित्व

५ असार २०८२, बिहीबार १४:०१

काठमाडौँ ।  विजय लघुवित्त वित्तीय संस्था लिमिटेडका तीनजना संस्थापक सेयरधनीले एकैपटक आफ्ना शेयर विक्रीमा राखेका छन्। संस्थापक सुलोचना न्यौपाने, कृष्ण प्रसाद पौडेल र अजय कुमार पटेल पटनवारले आफूसँग रहेका संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएका हुन्।

उनीहरुले संयुक्त रूपमा २४ हजार ४ सय ५५ कित्ता संस्थापक शेयर बिक्रीका लागि खुला गरेका छन्। यसमध्ये सुलोचना न्यौपानेले १३ हजार ७ सय १४ कित्ता, कृष्ण प्रसाद पौडेलले ८ हजार ३ सय १४ कित्ता र अजय कुमार पटेल पटनवारले २ हजार ४ सय कित्ता शेयर बिक्रीका लागि राखेका छन्।

लघुवित्तले प्रारम्भिक रूपमा यो शेयर संस्थाका अन्य संस्थापक सेयरधनीहरूमाझ विक्रीका लागि प्रस्ताव गरेको छ। यदि संस्थापकहरूले तोकिएको अवधिभित्र खरिद नगरेमा बाँकी सेयर दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई विक्री गरिनेछ।

संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले अबको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*