राष्ट्र बैंकले ४५ अर्ब निक्षेप संकलन गर्दै

२२ असार २०८२, आईतवार १०:२१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको छ। मौद्रिक नीतिअन्तर्गत मौलिक व्यवस्थापन विभागमार्फत ४२ दिन अवधिको लागि यस्तो उपकरण निष्कासन गर्न लागेको बैंकले जानकारी दिएको हो।

यस उद्देश्यका लागि राष्ट्र बैंकले असार २२ गते मध्यान्ह ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत बोलपत्र आव्हान गरेको छ। उक्त बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन सक्नेछन्।

निक्षेप संकलन उपकरणको न्यूनतम प्रस्तावित रकम १० करोड रुपैयाँ र अधिकतम रकम ५ अर्ब रुपैयाँसम्म निर्धारण गरिएको छ। आव्हान गरिएको कुल रकम ४५ अर्ब रुपैयाँको सीमाभित्र रहनुपर्ने शर्तका साथ बोली लगाउन सकिनेछ।

बोलकबोल प्रक्रियाबाट व्याजदर निर्धारण गरिनेछ भने यस्ता उपकरणको ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ। व्याजदर कम भएका बोलपत्रलाई पहिलो प्राथमिकतामा राखी क्रमशः वितरण गरिने व्यवस्था छ।

बोलपत्र स्वीकृत भएका बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट रकम काटिनेछ र संकलित निक्षेपको छुट्टै खाता खोलिनेछ। यसबाहेक निक्षेप संकलन उपकरणको भुक्तानी भदौ १ गते हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*