बलेफी हाइड्रोपावरद्वारा शेयर रजिष्ट्रार परिवर्तन
२२ असार २०८२, आईतवार १०:४४

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रार परिवर्तन गरेको छ। यसअघि ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत शेयर खरिद बिक्री विनिमयसम्बन्धी अभिलेख राख्ने कार्य भइरहेकोमा अब उक्त जिम्मेवारी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई दिइएको छ।
कम्पनीको सञ्चालक समितिको बैठक असार २० गते शुक्रबारका दिन बसेको थियो। सो बैठकको निर्णयअनुसार हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडलाई साउन १ गतेदेखि लागू हुने गरी नयाँ शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।












