नेरुडे मिर्मिरे लघुवित्तको स्वतन्त्र सञ्चालकमा भानु भक्त दवाडी

२२ असार २०८२, आईतवार १०:५१

काठमाडौँ ।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र सञ्चालक पदमा भानु भक्त दवाडीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको ३७१ औं बैठक असार २० गते बसेको बैठकले दवाडीलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

स्थायी ठेगाना काठमाडौं महानगरपालिका–१०, नयाँबानेश्वर निवासी दवाडीको नियुक्ति मिति २०८२ साल असार २० गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि गरिएको हो।

संस्थाले उक्त नियुक्ति नियमन अनुसार स्वीकृत प्रक्रिया पूर्ण गरी गरेको जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*