महालक्ष्मी विकास बैंककी स्वतन्त्र सञ्चालक अम्बिका श्रेष्ठको कार्यकाल समाप्त
२२ असार २०८२, आईतवार ११:१२

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत अम्बिका श्रेष्ठको पदावधि समाप्त भएको छ। बैंक सञ्चालक समितिको निर्णयअनुसार श्रेष्ठको चार वर्षे कार्यकाल हालै सम्पन्न भएको हो।
२०७८ साल असार २१ गतेदेखि लागू हुने गरी श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरिएको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४(३) अनुसार सञ्चालक समितिको २०७८ असार १८ गतेको ४९० औं बैठकले उक्त निर्णय गरेको थियो।
श्रेष्ठको कार्यकाल सकिएसँगै स्वतन्त्र सञ्चालकको पद हाल रिक्त भएको छ।












