प्रभु बैंकका अध्यक्ष कार्कीले लिए शपथ

२३ असार २०८२, सोमबार १६:२९

काठमाडौं । प्रभु बैंकक सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीले शपथ लिएका छन् । अध्यक्ष कार्कीले आज नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

शपथग्रहण कार्यक्रम राष्ट्र बैंकको वालुवाटारस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको थियो । उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङ्गाना, बमबहादुर मिश्र, बैंक सुपरीवेक्षण विभागका प्रमुख दिर्घ रावल, प्रभु बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतको उपस्थिति थियो ।

कार्की २०८१ सालको वार्षिक साधारणसभाबाट सर्वसाधारण समूहका प्रतिनिधिका रूपमा सञ्चालकमा निर्वाचित भएका थिए। त्यसपछिको २०८२ असार १९ गते बसेको बैंकको ३८०औं सञ्चालक समितिको बैठकले उनलाई अध्यक्षमा चयन गरेको थियो। उनले आज बसेको ३८१औं बैठकमा अध्यक्षको रूपमा पहिलोपटक अध्यक्षता पनि गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*