सानिमा बैंकको टिमुरे शाखा आकस्मिक बाढीका कारण बन्द

२४ असार २०८२, मंगलवार १६:०१

काठमाडौँ। रसुवास्थित नेपाल–चीन सीमामा पर्ने ल्हेन्दे खोलामा आज बिहान आएको आकस्मिक बाढीका कारण सानिमा बैंकको टिमुरे शाखा सञ्चालनमा आउन सकेको छैन।

प्राकृतिक विपत्तिका कारण अस्थायी रूपमा सेवा अवरुद्ध भएको जानकारी बैंकले सार्वजनिक गर्दै, ग्राहकहरूलाई नजिकैका अन्य शाखाहरूमा सम्पर्क गरी बैंकिङ सेवा लिन अनुरोध गरेको छ।

सानिमा बैंकले प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा सेवा पुनः सुरु गर्न सबै प्रकारका तयारी गरिरहेको जानकारी पनि दिएको छ। बैंकका ग्राहकहरूलाई असुविधा भएकोमा क्षमाप्रार्थी रहेको उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*