लाभांश, आईपीओ र हकप्रद शेयरको बाँकी रकम फिर्ता लिन नेरुडे मिर्मिरे लघुवित्तको आग्रह

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुरानो लाभांश, आईपीओ र हकप्रद शेयर बापतको बाँकी रकम फिर्ता लिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ।
कम्पनीको विभिन्न आर्थिक वर्षमा सम्पन्न भएको साधारणसभाबाट पारित नगद लाभांश पाँच वर्ष वितिसक्दा पनि केही शेयरधनीले अझैसम्म नलिएकाले त्यस्तो शेयरधनीलाई लिन आउन आग्रह गरेको हो।
साथै कम्पनीले आईपीओ निष्कासन गरेर बाँडफाँड गर्दाको बखत शेयर नपरेका र हकप्रद शेयर बापत पनि केही शेयरधनीले रकम फिर्ता लिन बाँकी रहेकोले त्यस्तो शेयरधनीलाई पनि रकम लिन आउन आग्रह गरेको छ।
त्यस्तो रकम लिन बाँकी शेयरधनीको नाम वेबसाइटमा प्रकाशित गरिएको पनि कम्पनीले जानकारी दिएको छ।
रकम फिर्ता लिनका लागि कम्पनीले १ महीनाको समयावधि दिएको छ। यसभित्र कम्पनीको शेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग, लेखनाथमार्ग, ठमेलमा सम्पर्क राख्न आग्रह गरेको छ।
यो समयावधिभित्र पनि रकम फिर्ता नलिएमा त्यस्तो शेयरधनीको उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ।













