बैंकहरू डुब्ने अवस्थामा पुगे, खराब कर्जा लुकाएर संकट ल्याउँन खोजिँदैछः स्वर्णिम वाग्ले

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै सांसद स्वर्णिम वाग्लेले देशको बैंकिङ क्षेत्र गम्भीर संकटमा पुगेको चेतावनी दिएका छन्।
उनले राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा यथार्थ परक विवरण प्रस्तुत गर्नुपर्नेमा जोड दिँदै अहिले देखिएको खराब कर्जाको वास्तविक अवस्था लुकाउने प्रयास नहुने स्पष्ट पारे।
वाग्लेले राष्ट्र बैंकले कर्जा असुली समस्या ‘खराब कर्जा’ भन्न ५ प्रतिशतको सीमा तय गरे पनि अहिले त्यो अनुपात १५ प्रतिशतसम्म पुगेको दाबी गरे। ‘यो त भयानक अवस्था हो देशका बैंक त डुबेका छन् उनले भने। यस्तो अवस्था आउनुमा नियामक निकायहरूको कमजोर भूमिका मात्र नभई, वित्तीय क्षेत्रमा समेत बिचौलिया र राजनीतिक हस्तक्षेप बढ्दै जानु मुख्य कारण रहेको वाग्लेले आरोप लगाए।
उनका अनुसार, अहिले बीमा प्राधिकरण, धितोपत्र बोर्ड जस्ता प्रमुख वित्तीय नियामक संस्थाहरू समेत राजनीतिक कब्जामा परेका छन्। यसले संस्थागत सुशासनमा प्रतिकूल असर पारेको र सम्पूर्ण वित्तीय प्रणाली नै जोखिममा परेको उनको चेतावनी थियो।












