वाणिज्य बैंकको शेयरमूल्यमा हरियाली, सर्वाधिक कमाउनेमा एनआइसी एशिया बैंक

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २३.९९ अंकले बढेर २७०७.८५ विन्दुमा कायम भएको छ ।
बुधबार बाणिज्य बैंक समूह सर्वाधिक बृद्धि भएको छ । आज यो समूह १.६८ प्रतिशत अर्थात २३.४४ अंकले बढेर १४११.४८ को बिन्दुमा कायम भएको छ । आज सबै बाणिज्य बैंकहरुको शेयरमूल्य बृद्धि भएको छ ।
आज एनआइसी एशिया बैंकले सबैभन्दा बढी कमाएको छ । बैंकको शेयरमूल्य ३.९३ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज बैंकको २.७५ प्रतिशत, कृषि विकास बैंकको २.४० प्रतिशत, सिटिजन्स बैंकको २.३४ प्रतिशत, ग्लोबल आइएमई बैंकको २.२५ प्रतिशत, प्रभु बैंक लिमिटेडको २.२२ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।
त्यस्तै, कुमारी बैंकको २.१८ प्रतिशत, एर्नएमबि बैंकको २.१६ प्रतिशत, सानिमा बैंकको २.०३ प्रतिशत, सिद्धार्थ बैंकको १.५८ प्रतिशत, नेपाल बैंकको १.४१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको १.२९ प्रतिशत, हिमालयन बैंकको १.२८ प्रतिशत, प्राइम कमर्सियल बैंकको १.१७ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।













