अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई अटेर गर्दै प्राधिकरणका अध्यक्ष ओझा, कसले मार्दैछ धाप ?

२५ असार २०८२, बुधबार १९:२०

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको बिषयलाई लिएर प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयबाट चर्को दवाव दिँदा समेत अटेर गर्दै आएका छन् । स्रोतका अनुसार अध्यक्ष ओझालाई राजिनामा गर्नबाट रोक्ने मुख्य पात्र हुन् कांग्रेस सभापति शेर बहादुर देउवाकी पत्नी तथा परराष्ट्र मन्त्री आरजु राणा देउवा हुन् ।

फर्जी कागजातधारी व्यक्तिलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलसहित अध्यक्ष छनोट समितिमाथि नै अख्तियारले छानविनमा राखेपछि यतिबेला ठूला प्रोफाइलवालाहरु तनावमा रहेका छन् । सरकारको छविमाथि नै आँच आउने गरी उक्त नियुक्तीमाथि संसददेखि अख्तियारसम्म उजुरीको चाङ छ ।

करिब एक महिना अघि अर्थमन्त्रालयमा बोलाएर अर्थमन्त्री विष्णु पौडेलसहितले राजिनामा दिन निर्देशन दिँदा उल्टै लत्याएर हिडेका ओझालाई गत साता प्रधानमन्त्री कार्यालयमा बोलाएर मुख्य सचिव एकनारायण अर्यालसहितले राजिनामा गर्न वा कडा कानुनी कारवाहीको सामना गर्न तयार हुन निर्देशन दिएको बुझिएको छ । तर, त्यति हुँदा पनि अध्यक्ष ओझा मुख्य सचिवको कार्यकक्षबाट बीचमै उठेर हिडेका थिए ।

प्रधानमन्त्री कार्यालयका उच्च तहका कर्मचारीहरु अहिले ओझाको तरिका देखेर आश्चर्यचकित परेको बताइन्छ । राजिनामा गर्नु भन्दा समेत राम्रोसँग कुरै नगरी उठेर हिड्नुले ‘गैर जिम्मेवार’ व्यक्ति रहेको निष्कर्षमा पुगेको बताइन्छ ।
प्रधानमन्त्री कार्यायलमै गएर उनले प्रधानमन्त्री ओलीसँग भेटघाट र कुराकानी भईसकेको उहाँले नै राजिनामा नदिनु भन्नु भएको भन्दै उल्टै उच्च अधिकारीलाई नै थर्काउन खोजेका थिए । कहिले र कँहा कुरा भएको भन्दै जवाफ मागेपछि उनी उत्तर नदिई पन्छिएर हिडेको स्र्रोतले जनाएको छ ।

अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट राजिनमाको चर्को दबाबमा पनि परराष्ट्र मन्त्री आरजु राणा देउवाको शक्तिको आडमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले राजिनामा नदिएको बुझिएको छ ।

प्राधिकरणको अध्यक्ष ओझाको राजिनामा भने आरजु राणाको एस/नो मा अल्झिएको छ । अध्यक्ष ओझाको अधिकांश समय राजिनमाको एस/नो को पखाईमा बित्ने गरेको प्राधिकरण स्रोतको भनाई छ । सू्त्रका अनुसार आरजु राणाबाट एस भन्ने सन्देश आउने वित्तिकै राजिनामा गर्ने गरी तयारी अवस्थामै रहेको बुझिएको छ ।

फर्र्जी योग्यताको कागजात बुझाएर नियुक्ति लिएको आरोप लागेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले राजीनामा दिन अस्वीकार गरेसँगै सरकारले अर्को बाटो अपनाउने चेतावनी सँगै दिइरहेको छ भने अख्तियारको कडा निगरानीमा समेत रहेका छन् ।

योग्यतामा विवाद भएको कारण आफूमाथि नै छानविन हुनसक्ने आशंकाको कारण अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष ओझालाई राजीनामा दिन पटक पटक आग्रह गर्दा समेत मन्त्री राणा र सम्मानीय प्रधानमन्त्रीसँग भेटघाट गरिसकेकोले प्रम ओली नभनी राजिनामा नगर्ने बताउन थालेका छन् ।

बीमा ऐनमा भएको व्यवस्थालाई अघि राखेर नै अध्यक्षलाई हटाउने सम्बन्धमा छलफल अघि बढेको अर्थमन्त्रालयको एक स्रोतले जनाएको छ ।

अख्तियारले जुनसुकै बेला पनि कारवाही प्रक्रिया अघि बढाउन सक्ने भएपछि सो नियुक्ती काण्डमा संलग्नहरु अप्ठेरो अवस्थाबाट गुज्रिरहेका छन् । ओझाले तत्काल राजिनामा नदिए उनलाई अध्यक्ष बनाउने मुख्य योजनाकारलाई नेपाल सरकारका सबै निकायमा कालोसूचिमा राखेर असहयोग गर्ने र ठाउँ भेटिने वित्तिकै योजनाकारलाई नै कारवाही प्रक्रिया अघि बढाउनेबारेमा समेत छलफल भइरहेको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले प्राधिकरणमा नियुक्त गर्न लागिएको रामशरण पुडासैनीलाई रोकेर काग्रेसका सभापति शेयरबहादुर देउवाले आरजु राणाको दवावमा ओझालाई नियुक्ति दिएको थियो ।
प्रधानमन्त्रीले प्राधिकरणको अध्यक्ष पदका लागि तयार गराएका पुडासैनीलाई यतिबेला कर्मचारी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*