निजी क्षेत्रमा १२ प्रतिशतले कर्जा बढ्ने

२७ असार २०८२, शुक्रबार १३:०२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले बढ्ने अनुमान गरेको छ । केन्द्रीय बैंकले आगामी मौद्रिक नीति सार्वजनिक गर्दै निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको जनाएको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएकाले उक्त लक्ष्य पूरा गर्न कर्जा प्रवाह १२ प्रतिशतले बढाउने लक्ष्य लिइएको गभर्नर विश्व पौडेलले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*