एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
२९ असार २०८२, आईतवार १५:०५

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले गर्दा शेयर बजारमा हरियाली छाएको हो ।
शेयर बजार बढेसँगै एनआइसी एशिया बैंक र बुटवल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । आज बैंकको ३७ करोड आठ लाख रुपैयाँ र बुटवल पावरको ३२ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चरको २६ करोड ९७ लाख रुपैयाँ, सानिमा बैंकको २४ करोड ६८ लाख रुपैयाँ र एभरेष्ट बैंकको २४ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।













