बीमा प्राधिकरणसहित सबै निकायलाई भुक्तानी विद्युतीय प्रणालीबाट गर्न अर्थ मन्त्रालयको परिपत्र

२९ असार २०८२, आईतवार १७:२७

काठमाडौँ । अब सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले यस सम्बन्धमा सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, नेपाल धितोपत्र बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र जारी गर्दै आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३५ मा सार्वजनिक निकायबाट हुने सबै भुक्तानी विद्युतीय प्रणालीमा आवद्ध गर्ने नीतिगत व्यवस्था गरिएको उल्लेख छ । सोही आधारमा अर्थ मन्त्रालयले  असार २९ गते परिपत्रमार्फत आगामी साउन १ गतेदेखि हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था मिलाउन अनुरोध गरेको हो ।

मन्त्रालयले उक्त निर्णय असार २७ गते माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरीय निर्णयअनुसार गरिएको स्पष्ट पारेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*