निर्धन उत्थान लघुबित्त जोगबुडा शाखाद्वारा बीमा क्षतिपुर्ति रकम बितरण

२९ असार २०८२, आईतवार १८:३२

काठमाडौं । निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाले आज एक कार्यक्रमका बिच मृतक सदस्यका परिवारलाई बिमा क्षतिपुर्ति रकम प्रदान गरेको छ ।

परशुराम नगरपालिका वडा नं १२ मा खजुरानी संचालन रहेको खजुरानी महिला समुह कि सदस्य माया देबि खत्रीका श्रीमान श्री तुला सिंह खत्रीलाई मृत्यु भए पश्चात सस्थाद्वारा प्रदान गरिने रकम प्रदान गरिएको छ ।

निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेड शाखा कार्यालय जोगबुडाका शाखा प्रमुख जिबुप्रकाश सुबेदीले मृतकका श्रीमान् तुला सिंह खत्रीलाई उक्त कार्यक्रमका बिच क्षतिपुर्ति बापतको रकम रु ५ लाख २० हजार रुपैया प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै शाखा प्रमुख जिबुप्रकाश सुबेदीले सस्थाले ७७ जिल्लामै कार्यक्रम सन्चालन गरि सुख दःुखको साथी निर्धन लघुबित्त रहेको प्रस्ट्याउनु भएको थियो । संस्थाले कर्जा बचत मात्रै नभई सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि उल्लेख्य भुमिका निर्बाह गर्दै आयको जानकारी दिए ।

२०६७ साल देखी परशुराम र आलिताल लाई आफ्नो कार्यक्षेत्र बनाइ कार्य गरेको जोगबुडा शाखाले बिगतमा जोगबुडा क्षेत्रमा अन्य बैंक बित्तिय सस्थाको पहुंच नहुंदा समेत राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा र रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आयको जानकारी दिए । उक्त कार्यक्रममा केन्द्रका सदस्यहरु, स्थानिय बुद्दिजिबी र अभिभावक गरि करिब २५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रम शाखाका लेखापाल धिरेन्द्र बहादुर खत्रीले संचालन गरेका शाखाका कर्मचारी कलशा कुमारी बोहोराले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*