स्वावलम्बन लघुवित्तको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल

३० असार २०८२, सोमबार १०:२४

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर रजिष्ट्रारको जिम्मेवारी एनआइएमबि एस क्यापिटल लिमिटेडलाई दिएको छ ।

संस्थाले साउन १ गतेदेखि लागू हुने गरी एनआइएमबि एस क्यापिटललाई रजिष्ट्रार नियुक्त गरेको हो । अबदेखि कम्पनीको शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्यहरू सोही क्यापिटलमार्फत सञ्चालन हुनेछन् ।

यस निर्णयसँगै अब शेयरधनीहरूलाई सेयर अभिलेखीकरण, नामसारी, लाभांश वितरणलगायतका सेवा एनआइएमबि एस क्यापिटलमार्फत प्राप्त गर्न सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*