राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद ल्याउने
३२ असार २०८२, बुधबार १७:५४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो।
सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको अनुपातमा १:०.६९८९ को दरले हकप्रद शेयर निष्काशन गर्न लागेको हो। सोअनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित दरमा कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
हकप्रद शेयर निष्काशन प्रक्रिया व्यवस्थापन गर्न राधी विद्युत कम्पनी लिमिटेडले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ। उक्त सम्झौतामार्फत मुक्तिनाथ क्यापिटल हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रहनेछ।












