सम्पदा लघुवित्तको केन्द्रीय कार्यालय गैंडाकोटमा स्थानान्तरण

१ श्रावण २०८२, बिहीबार १०:३८

काठमाडौँ ।  सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय तनहुँ जिल्लाको बन्दिपुर–१, डुम्रेबाट स्थानान्तरण गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. ५ मा सार्ने निर्णय गरेको छ।

वैशाख ६ गते शनिबार सम्पन्न आठौं वार्षिक साधारण सभामा केन्द्रीय कार्यालय स्थानान्तरणसम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको थियो। सभाले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति लिएर स्थानान्तरण गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

त्यसपश्चात असार १२ गते बसेको सञ्चालक समितिको २७औं बैठकले नेपाल राष्ट्र बैंकको जेठ १३ गतेको पत्रका आधारमा निर्णय गर्दै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गरी रजिष्टर्ड कार्यालय गैंडाकोट नगरपालिकामा राख्ने निर्णय गरेको थियो।

त्यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयबाट सञ्चालकहरूको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा समेत परिमार्जन भएको जानकारीसमेत संस्थाले सार्वजनिक गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*