नेपालको डिजिटल भुक्तानी एकदमै सुरक्षित छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल रास्ट्र बैकका डेपुटी गभर्नर बम बहादुर मिश्रले नेपालको डिजिटल भुक्तानी सेवा एकदमै सहज र सुरक्षित रहेको बताएका छन् ।
बिहिवार काठमाडौंको याक एन्ड एती होटलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डिजिटल भुक्तानी राजधानी काठमाडौंमा मात्र सीमित नभएर देशका कुना काप्चामा सरल तरिकाले विस्तार भएको बताएका हुन् ।
‘खल्ती बाइ आइएमइ’ लाई आगामी दिनको सफल कारोबारको शुभकामना दिदै उनले भने, ‘मर्जर पछि दुबै कम्पनीका कर्मचारीहरुबीच अन्याय नहोस र पछि धेरै विवादका कुरा नआउन् भन्ने विषयमा पनि उच्च व्यवस्थापकले ध्यान दिनु पर्दछ।’
सरकार र राष्ट्र बैंकको आपसी समझादारीमा आउदो दिनमा सरकारी र विभिन्न आवश्यक भुक्तानीहरु डिजिटल माध्यमबाट गराउने गरी राष्ट्र बैंकले गृहकार्य अघि बढाएको उनले बताए ।
‘चन्द्र ढकाल आफैमा एक सफल नेतृत्व हो । उहाँले सधै मर्जर र एक उद्देश्य भएका कम्पनी तथा संस्थाहरुलाई राष्ट्र बैंकले ल्याएको नीति अनुसार मर्जर सही मागमा अघि बढाउदै जानु भएको छ।’ उनले भने ।












