हिमालयन बैंकको शेयर बेचेर बाहिरिंदै ९ जना शेयरधनी

काठमाडौं । हिमालयन बैंक लिमिटेडका ९ जना संस्थापक शेयरधनी आफ्नो स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक शेयर बेचेर बाहिरिने भएका छन्।
संस्थापक शेयरधनी ज्योति कुमार बेगानीले ७४ हजार ७५ कित्ता, प्रेम काजी खाइजू र गोपाल श्रेष्ठले समान २८ हजार ६७६ कित्ता, सावित्री देवी अग्रवालले २६ हजार ४५४ कित्ता, रामकाजी सिलवालले २३ हजार ८९६ कित्ता शेयर बिक्रीमा राखेका छन्।
त्यसैगरी शेयरधनी सुरक्षा सिजापतिले ११ हजार १५६ कित्ता, मैयाँ श्रेष्ठ बस्नेतले ५ हजार १४१ कित्ता, नारायण श्रेष्ठले ४ हजार कित्ता र चिरञ्जीवि लाल अग्रवालले ३ हजार १७१ कित्ता शेयर बेच्न लागेका हुन्।
हाल नेपाल बैंकको निर्देशन अनुसार यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो। शेयर किन्न इच्छुक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको बैंकको कानून विभागमा निवेदन दिनु पर्नेछ।
बिक्रेताअनुसार शेयरको बिक्रीमूल्य फरकफरक भएकाले सो सम्बन्धित जानकारीका लागि बैंकले कानून विभागमा नै सम्पर्क गर्न आग्रह गरेको छ।
साथै तोकिएको समयावधिभित्र बैंकका संस्थापक शेयरधनीले आवेदन नदिएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंकले जानकारी दिएको छ।













