बीमा प्राधिकरणमा ओझाले गरेका निर्णयहरु छानविन हुने

४ श्रावण २०८२, आईतवार १५:२६

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ती बारे गठित छानविन समितिले बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर गरेका निर्णयहरु पनि छानविन गर्ने भएको छ ।

छानविन समितिले ओझाको नियुक्ती प्रक्रिया र नियुक्ती लिएपछि गरेका निर्णयहरु छानविन गर्न लागेको हो ।

छानविन समितिका संयोजक कृष्ण गिरीसहितको टोलीले गत बिहिबार कुपण्डोलस्थित नेपाल बीमा प्राधिकरणमा पुगेर जानकारी लिएको छ । टोलीले ओझाले प्राधिकरणभित्र रहेर गरेका निर्णयहरु, विधि र कानुन सम्मत छन् वा छैनन् भनेर समेत अध्ययन गर्ने जनाइएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*