हिमालयन बैंकको एफपिओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?

४ श्रावण २०८२, आईतवार १७:१६

काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् साउन ४ गते साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८६ हजार ७८२ जनाले ४ करोड ९ लाख ६६ हजार ५०० कित्ता लागि आवेदन दिएका हुन् । जुन मागभन्दा ४.४२ गुणाले बढी आवेदन हो ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

बैंकले शेयर पूँजी वृद्धि गरी पूँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता शेयर कायम हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*