गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशत बढ्यो, ईपीएस कति?

५ श्रावण २०८२, सोमबार ०७:२४

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा करीब ९० प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आवको असार मसान्तसम्म कम्पनीले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यससँगै कम्पनीको खुद ब्याज आम्दानी पनि ८ करोड २८ लाख रुपैयाँबाट ५९.७४ प्रतिशतले वृद्धि भएर १३ करोड २४ लाख रुपैयाँ पुगेको छ। यता कुल सञ्चालन आम्दानी ११ करोड १६ लाख रुपैयाँबाट ४२.१६ प्रतिशतले बढेर १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको सञ्चालन नाफा गत वर्ष ३ करोड २१ लाख रुपैयाँ मात्रै रहेकोमा यस वर्ष ८७.८५ प्रतिशतले बढेर ६ करोड ३ लाख रुपैयाँ पुगको छ। चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चिति रहेको छ।

कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ सापटी लिएर १ अर्ब ९४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा २.९१ प्रतिशत मात्रै रहेको यस कम्पनीको आधार दर १२.६७ प्रतिशत, प्रतिशेयर आम्दानी ३४.१७ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*