बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा

७ श्रावण २०८२, बुधबार ०९:२९

काठमाडौं । नेपाल बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले राजीनामा दिएकी छिन् ।

उनले गत साता नै राजीनामा दिएकी हुन् । प्राधिकरणबाट उनको राजीनामा स्वीकृत भइसकेको छ ।

बीमापोष्टले उनीसँग कुराकानी गर्दा केही दिनदेखि स्वास्थ्यमा समस्याको कारण बोर्डको बैठकमा पनि सहभागी हुन नसकेको कारण पद मात्रै ओगटेर बस्न उचित नभएको भन्दै राजीनामा दिएको बताएकी छिन् । उनको राजीनामा स्वीकृत भएको छ ।

राजनीतिक पहुँचको आडमा बीमा नियमावली विपरीत बीमा प्राधिकरणमा नियुक्ति दिएको विषयमा चौतर्फी आलोचना भएको थियो ।

अर्थमन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षका लागि महिला सञ्चालकमा नियुक्त गरिएको थियो । सरकारले नियुक्त गरेको पाँच महिनापछि प्राधिकरणबाट बाहिरिएकी हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*