नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २ लाख कित्ता शेयर बिक्रीमा
७ श्रावण २०८२, बुधबार ०९:५९

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले २ लाख १४ हजार ४९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले उक्त शेयर हाल नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न मिल्ने गरी बिक्रीमा राखेको हो।
सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।
साथै उक्त समयावभिधित्र बैंकका विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने बैंैकले जानकारी दिएको छ।












