सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश क्षमता २१३ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । सांग्रिला विकास बैंकले आज प्रकाशित गरेको गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको असार मसान्तसम्म बैंकको लाभांश क्षमता १३ करोड १८ लाख रुपैयाँ मात्रै रहेकोमा गत असार मसान्तसम्म आइपुग्दा यो बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको हो।
त्यस्तै अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा पनि ६.५१ प्रतिशतले वृद्धि भएर ५३ करोड ७० लाख रुपैयाँ नाघेको छ जबकी अघिल्लो वर्ष बैंकको खुद नाफा ५० करोड ४२ लाख रुपैयाँ थियो।
यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १ अर्ब ९० करोड ६८ लाख रुपैयाँबाट १.३६ प्रतिशतको सामान्य गिरावट सहित १ अर्ब ८८ करोड ९ लाख रुपैयाँमा झरेको छ।
यता बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८४ करोड ६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९२ करोड ७४ लाख रुपैयाँ पुग्दा सञ्चालन नाफा ७० करोड ३४ लाख रुपैयाँबाट १० प्रतिशतले बढेर ७७ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४१ करोड ३८ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ६० करोड ३० लाख रुपैयाँ रहेको छ।
बैंकको प्रतिशेयर आम्दानी पनि १४.७० रुपैयाँबाट बढेर १५.१० रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत कायम भएको छ।
बैंकले यस अवधिसम्म ग्राहकलाई ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेर ५४ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ।












