प्रभु बैंकका ग्राहक र कर्मचारीलाई बानेश्वरको फ्रन्टलाईन हस्पिटलमा छूट

८ श्रावण २०८२, बिहीबार ११:५१

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक र कर्मचारीले काठमाडौंको बानेश्वरमा रहेको फ्रन्टलाईन हस्पिटलमा छूट पाउने भएका छन्।

प्रभु बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार प्रभु बैंकका ग्राहक, कर्मचारी र कर्मचारीको परिवारले समेत उक्त हस्पिटलबाट सेवा लिंदा १० प्रतिशत छूट पाउनेछन्।

यो सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार र हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झाले संयुक्त हस्ताक्षर गरेका छन्।

प्रभु बैंकको नेपालभर ३१२ वटा शाखा कार्यालय, २८६ वटा एटीएम, ६८ वटा एक्सटेन्सन काउन्टरबाट करीब ३१ लाख ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्दै आइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*