प्रतिकित्ता १९० रुपैयाँमा नै एनआइसी एशिया बैंकको शेयर बिक्रीमा
९ श्रावण २०८२, शुक्रबार १०:२५

काठमाडौं । एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकको संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता शेयर आजदेखि बिक्रीमा राखिएको हो ।
बैंकको उक्त शेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको शेयर बिक्रीमा राखिएको हो ।
बैंकको शेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ ।
बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।
इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।












